राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यद्वारा शपथ

काठमाडाैं | फागुन २१, २०८०

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यद्वारा शपथ

काठमाडौं:    राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ दिएका छन् । सोमबार सङ्घीय संसद् भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराएकी हुन् । 


सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिह्न लगाइदिन् भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गरिन् । समारोहमा उपप्रधानमन्धी एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।


आइतबार २०७४ फागुनदेखि २०८० फागुनसम्म कायम हुनुभएका २० सांसदको बिदाइ भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदलाई बिदाइ गरिएको थियो ।  राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुनेछ ।


रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।

म्याग्दी:  मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् ।  मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् ।  बिहीबार भएका ...

थप पढ्नुहोस्

पोखरा:  पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो  । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादा...

थप पढ्नुहोस्